श्रेया घोषाल वलिउडकी सर्वाधिक रुचाइएकी र सफल युवा पुस्ताकी गायिका हुन् । उनको स्वर जति मीठो छ,उनी उत्तिकै सुन्दर पनि छिन् । त्यसैले उनलाई थुप्रै चलचित्रबाट अभिनयका लागि अफर पनि नआएका होइनन् तर केही विज्ञानपनहरुमा बाहेक अरु चलचित्रको अफर उनले अस्वीकार गर्दै आएकी छिन् ।

जी टिभीको लोकप्रिय रियालटी शो सारेगमपाकी खोजका रुपमा उदाएकी श्रेयाले १४ वर्षकै उमेरमा संजयलीला वंशालीको सफल चलचित्र देवदासमा डोला रे डोला रे गाएर आफ्नो बलिउड यात्रा शुरु गरेकी थिईन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । कतिसम्म भने श्रेयालाई अहिले नयाँ पुस्ताकी लता मंगेस्कार समेत भन्ने गरिन्छ । यसबीचमा श्रेयाले थुप्रै प्रतिष्ठित बलिउड अवार्डहरु पनि जितिसकेकी छिन् ।

shreya 1यति सफल र यति रुपवती गायिकाको पछि लाग्ने र उनलाई आफ्नो बनाउँनेको के कमी हुन्थ्यो र ? तर ती सबै प्रशंसकहरुलाई श्रेयाको पछिल्लो समाचारले भने नमिठो झट्का दिएको छ । अर्थात श्रेयाको भर्खरै मात्र विवाह भएको खबर बाहिर आएको छ । निकै गोप्य राखिएको उनको विवाहको बारेमा मुम्बई मिरर लगायतका समाचार एजेन्सीहरुले खुलासा गरेका हुन् । समाचारमा जनाइए अनुसार श्रेयाको विवाह उनकै लामो समयदेखिका साथी शिलादित्य मुखोपाध्ययसँग गत विहीवार अर्थात फेबुअरी ५ मा सम्पन्न भएको हो ।

मुम्बईको शुभरममा भएको गोप्य विवाहमा श्रेयाका नजिकका संगीतकर्मीहरुलाई समेत निम्ता थिएन । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

श्रेया घोषाल यहि रियालिटी शोको विजेता बनेर बलिउड प्रवेश गरेकी थिईन् :

Comments

comments