गैर आवासीय नेपाली संघ (एनआरएन) ओसिनियाको क्षेत्रीय बैठक शनिबार ७ फेब्रवरीका दिन न्युजिल्याण्डको राजधानी अकुल्याण्डमा सम्पन्न भएको छ  । न्युजिल्याण्डको समय अनुसार शनिबार मध्यान्ह १२ बजे अकल्याण्डको वेष्टर्न स्प्रिङ गार्डेन कम्युनिटि सेन्टरमा बसेको वैठकमा ओसिनिया क्षेत्रमा रहेका एनआरएनबीच भाइचारा, ज्ञान, सीप र अनुभव साटासाट, एनआरएन अभियानले उठाएका मुद्दाहरु कसरी कार्यान्वयन गर्न सकिन्छ भनी बारेमा छलफल भएको ओसिनिय संयोजक विष्णु हमालले जानकारी दिनुभयो ।

एनआरएन न्युजिल्याण्डका अध्यक्ष चक्र थापाको सभापतित्वमा भएको बैठकमा अस्ट्रेलिया र न्युजल्याण्डकै विभिन्न सहरबाट आएका एनआरएन  प्रतिनिधिहरु सहभागी भएका थिए । एकै क्षेत्रमा बस्ने नेपाली भए पनि पहिलो पटक भएको वैठकमा सबैजना निकै उत्साहित थिए ।

यसैगरी एनआरएनएको केन्द्रीय भवन निर्माणलगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा न्युजिल्याण्डका इथिनिक अफियर मन्त्री पेसेटा सम लोटु लिगा, अस्ट्रेलिया र न्युजिल्याण्डका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, सांसद फिल गोफ सहभागी भएका थिए । एनआरएनका केन्दि्रय प्रवक्ता मन केसीका अनुसार एनआरएन आइसीसी अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, संरक्षक इन्द्रा वन, सचिव रन्जु थापा, आइसीसी सदस्य निरज श्रेष्ठ, गणेश केसी, सुजाता केसी, संजीव शर्मा एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, सचिव भरत पोखरेल त्यस्तै ओसिनिया संयोजक बिष्णु हमाल र सह संयोजक भुमा लिम्बु समेत सहभागी भएका थिए ।

केसीका अनुसार अस्ट्रेलियाबाट मात्रै ३० जना भन्दा बढी प्रतिनिधिहरु बैठकमा सहभागि भएका थिए । शनिवार सम्पन्न वैठकले अकल्याण्ड घोषणा पत्र समेत जारी गरेको छ । ओसिनिया क्षेत्रका अस्ट्रेलिया, न्युजिल्याण्ड र पपुवान्युगिनीमा एन आर एनको राष्ट्रिय संयोजन समितिहरु रहेका छन् । फिजिमा एनआरएनको शाखा खोल्ने प्रक्रिया शुरु भएको छ ।

Photo:Nepalipatra

Comments

comments