पैसा तिरेर पनि ग्याँस नपाएर उपभोक्ताले हैरानी ब्यहोरिरहेको भएपनि बजारमा चरम ग्याँसको अभाव कायमै छ ।

सरकारको स्पष्ट निति र प्रभावकारी नियमनको अभावमा सिलिन्डर प्रयोगका लागि उपभोक्ताले बुझाएको २५ अर्ब रुपैयाँभन्दा बढी धरौटी रकम उद्योगीले अपचलन गर्दै आएका छन् । हाल रहेका ५५ वटा ग्यास उद्योगले ५५ लाख भन्दा बढी सिलिन्डर उपभोक्तालाई बिक्री गराईसकेका छन् ।

लागत भन्दा दोब्बर बढी मुल्य कायम गरी बिक्री गरिएका सिलिन्डरबाट एउटा उद्योगले सरदर ३० करोड रुपियाँ बिनाब्याज अनिश्ति कालसम्म उपयोग गर्न पाएका छन् । सरकारले उक्त रकम छुट्टै कोष बनाएर उपभोक्तालाई फिर्ता मागेको बखत फिर्ता दिने व्यबस्था नगरिदिँदा समस्या उत्पन्न भएको हो ।

Comments