प्रशिक्षण मैदानलाई बारम्बार हेलिकोप्टरले पछ्‌याईरहेपछि चिलीका खेलाडीले प्रशिक्षण नै रद्व गरेका छन् । शनिवार बेलुका आयोजक राष्ट्रसँग नकआउट चरणको प्रतिस्पर्धा गर्न लागेको चिलीको प्रशिक्षण मैदानमाथि हेलिकोप्ट उडेपछि चिलीका प्रशिक्षक जोर्ज स्याम्पोलीले तालिम रद्द गर्न निर्देशन दिएका हुन्।

हेलिकोप्टर ब्राजिली टेलिभिजन च्यानल ओ ग्लोबोको भएको पुष्टि भएको छ। चिलीका खेलाडीहरुले गोप्य रणनितीको साथ मैदान उत्रन लागेको बेला गोप्य सुचना बाहिर नजाओस भने र खेल रद्व गरिएको जनाईएको छ । तालिम स्थलको भिडियो खिच्ने प्रयासप्रति चिलीको टोलीले कडा आपत्ति जनाएपछि टेलिभिजन च्यानलले क्षमायाचना गरेको छ।

Comments

comments