पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गलमा ट्रक र एम्बुलेन्स एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका वडा नम्बर १२ मा पर्ने टिकौली जङ्गलमा गएारती नारायणगढबाट हेटौँडा तर्फ जाँदै गरेको ना ३ ख ३१९९ नम्बरको ट्रक र रत्ननगरबाट भरतपुर तर्फ आउँदै गरेको ना २ च ५४५४ नम्बरको एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक २८ वर्षीय यज्ञ कुमार श्रेष्ठ र अर्का अन्दाजी २२ वर्षिय नाम थर नखुलेका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार एम्बुलेन्सले ठेलालाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो ।

Comments

comments