इटाली विरूद्दको खेलमा उरूग्वेका फरवार्ड लुइस सुआरेजले विपरित टिमका डिफेन्डर जर्जियो चिएलिनिको काधमा टोकेको घटनामा फिफाले छानविन सुरू गरेको छ ।

इटालीले सुआरेजलार्इ प्रतिबन्ध लगाउन का लागि माग गरेको छ । तर त्यो खेलको समयमा रेफ्रिले भने सुआरेज माथि कुनै कारबाहि गरेका थिएनन् । फिफाले यो हरकतका लागी सुआरेज माथि २४ खेल वा दुर्इ वर्ष सम्म प्रतिबन्ध लगाउन सक्छ । उता सुआरेजद्वारा टोकिएका खेलाडि चिएलिनिले उक्त खेलको भिडियोलार्इ प्रमाणका रूपमा प्रयोग गर्दै सुआरेज माथि कारबाहि हुनु पर्ने माग राखेका छन् । सुआरेजले भने उरूग्वेको एक टेलिभिजनलार्इ प्रतिक्रिया दिदै मैदानमा यस्ता सामान्य घटना भइरहने र यसलार्इ नउचाल्न इटालिलार्इ आग्रह गरेका छन् । सुआरेजलार्इ यस भन्दा अगाडि पनि खेलाडि टोकेको ©रोपमा कारबाहि गरिएको थियो ।

Comments