फेब्रुअरी १४ माया गर्नेहरुको विशेष दिन मानिन्छ । त्यसैले मायालु जोडीहरु फेब्रुअरी महिना शुरु हुने वित्तिकै त्यही भ्यालेन्टाइन डेको विशेष दिनको व्यग्र प्रतीक्षामा छन् । त्यो विशेष दिनको लागि सबैले आ आफ्नै योजना र तयारी समेत बनाइसकेका होलान् । तर कतिलाई भने के गर्ने,कहाँ जाने र कसरी विशेष बनाउँने ? भन्ने अन्यौलता पनि भइरहेका होलान् ।

त्यही अन्यौलता चिर्न र भ्यालेन्टाइनको विशेष दिनलाई अझ विशेष बनाउँन नेप्ले इभेन्टस्ले फेब्रुअरी १४ शनिवारका दिन माया गर्नेहरुका लागि मायालु इभेन्ट्को आयोजना गर्दैछ । उक्त दिन आफूलाई मायालु र वेष्ट कपल सावित गर्न पाउँने अवसर समेत प्राप्त हुनेछ ।

किनभने नेप्लेले मिस्टर एण्ड मिस भ्यालेन्टानको आयोजना गर्दैछ ।

साथै उक्त कार्यक्रममा बि एट व्याण्डको के यो माया हो टुर अन्तर्गतको विशेष प्रस्तुति पनि रहनेछ । जसमा सो व्याण्डले के यो माया हो ? मौनतामा,मिस कलिउड लगायतका आफ्ना चर्चित गीतहरुको लाइभ प्रस्तुति प्रस्तुत गर्नेछ ।

Comments

comments