दान मध्येमा रक्तान सबै भन्दा श्रेष्ठ मानिन्छ  । यहि कुरालाई ध्यानमा राखी  झापा जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको साझा संगठन झापाली समाज अष्ट्रेलियाले आगामी फेब्रुअरी ९ तारिखका दिन सिड्नीमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

संस्थाका पदाधिकारीहरुका अनुसार सिड्नीको मार्टिन प्लेसमा रक्तदान गरिनेछ । उक्ता कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पवित्र कार्यक्रमलाई सफल पारिदिन सबै दाताहरुसंग आग्रह गरिएको छ ।

झापाली समाजले नै आफ्ना विभिन्न गतिविधिहरुमा सघाउने सहयोगी हातहरुको सम्मानार्थ २१ फेब्रुअरीमा सुमधूर सांगीतिक साँझ गर्ने भएको छ । यसकार्यक्रमको प्रमुख आकर्षण लाईभ संगीत हो । केही समय अघि मात्रै मेलबर्नमा झापाली समाज गठन गरेको संस्थाले अष्ट्रेलियाका अन्य राज्यमा पनि संगठन विस्तार अघि बढाएको अध्यक्ष दिनेश पोखरेलले जानकारी दिनुभयो ।

Comments

comments