अमेरिकाको विशाल प्रविधि कम्पनी एप्पल त्रैमासिक अवधीमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीको रेकर्ड बनाउन सफल भएको छ । यस बिषयमा तथ्याङक राख्ने कम्पनी स्ट्याण्र्डड एण्ड पुअर्सका अनुसार एप्पलले सन २०१४ को डिसेम्बरमा सकिएको त्रैमासिक कारोबारमा १८ अर्ब अमेरिकी डलर मुनाफा गरेको छ ।

त्रैमासिक रुपमा यति धेरै नाफा कमाउने एप्पल पहिलो कम्पनी हो । यो भन्दा अघि सन् २०१२ मा दोस्रो एक्जोन मोबाइलले १५ दशमलब ९ अर्ब अमेरिकी डलर नाफा कमाउने रेकर्ड बनाएको थियो । आइफोनको रेकर्ड बिक्रिसंगै एप्पलको नाफामा बृद्धि भएको बताइएको छ । एप्पलले गत २७ डिसेम्बरसम्म तीन महिनामा ७ करोड ४५ लाख आइफोन बिक्री गरेको थियो । यो बिक्री बिशेषज्ञहरुको अनुमान भन्दा अत्याधिक बिक्री हो । अमेरिकी बजारमा एप्पलको शेयर मूल्य अहिले ५ प्रतिशतले वृद्धि भएको छ । एप्पलले आइफोन ६ प्लस र अन्य उत्पादनका बारेमा भने धेरै जानकारी दिएको छैन । यद्यपी एप्पलको आइप्याडको बिक्रि भने निराशजनक रहेको छ । सन् २०१४ मा आइफोनको बिक्रिमा अघिल्लो बर्षको भन्दा १८ प्रतिशतले गिरावट आएको थियो ।

एप्पलको पछिल्लो तीन महिनाको कमाई मलेशिया,पाकिस्तान,बंगलादेश र हाम्रै देश नेपालको वार्षिक बजेटभन्दा अझ बढी छ ।

Comments

comments