एकै ठउँबाट ग्यास बिक्री वितरण गर्दा उपभोक्ताहरुलाई सहज नभएपछि सरकारले छुट्टाछुट्टै स्थानबाट ग्यास बिक्री गर्ने भएको छ ।

अब उपभोक्ताले साविक लिने गरेको डिपोबाटै ग्यास खरिद गर्नुपर्ने आयल निगमले जनाएको छ । त्यसका लागि हरेक दिन छुट्टाछुट्टै ठाउँबाट ग्यास वितरण गरिने निगमले जनाएको छ । यो व्यवस्था काठमाडौं उपत्यकाको लागि मात्रै हो । निगमले बिहीबारदेखि काठमाडौं उपत्यकाका बिभिन्न ठाउँबाट ग्यास बिक्री गर्ने तालिका बनाएको छ । तालिका अनुसार माघ १५ गते बिहिबार नयाँ वानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्रबाट बिक्रिवितरण गरिनेछ ।

त्यस्तै माघ १७ गते शनिबार पुरानो वानेश्वर , सिनामंगल , गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्रबाट बिक्रिवितरण गरिनेछ भने माघ १९ गते सोमबार महाराजगञ्ज , बुढानिलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही क्षेत्रबाट क्षेत्रबाट बिक्रिवितरण गरिनेछ ।  माघ २१ गते बुधबार न्यूरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवीबाट,  शुक्रबार, माघ २३ गते कलंकी, थानकोट, बल्खु, किर्तिपुर, सुतंगल, कालिमाटी, बाफल, सितापाईला र स्वयम्भू क्षेत्रबाट विक्रिवितरणको व्यबस्था मिलाइएको छ ।

Comments

comments