विश्वकप खेल्नका लागि न्यूजिल्याण्ड पुगेको पाकिस्तानी क्रिकेट टिमका अलराउन्डर खेलाडी हैरिस सोहेल विरामी परेका छन् ।

उनले आफूहरु बसेको होटलको कोठामा भूतले तर्साउँने गरेको गुनासो गरेका छन् । मिडियामा सोहेललाई अध्रित गर्दै आएको खबर अनुसार सोहेलले आफू निन्द्रबाट आधा रातमा व्यूँझदा कोठामा आफूले भूत देखेको बताएका छन् । उनको गुनासो सुनेपछि होटलले उनको कोठा परिवर्तन गरिदिए पनि सोहेल भने विरामी परे । उनलाई अचानक ज्वरो बढेको चिकित्सकहरुले बताए ।

अन्तराष्ट्रिय क्रिकेट खेलाडीले होटलमा आफूले भूत देखेको बयान दिएको यो पहिलो घटना हो । त्यसो त पाकिस्तानी खेलाडीहरु विदेशमा आफूहरुले गर्ने विभिन्न हर्कतका कारण बदनाम छन् । वल्र्ड कप भन्दा पहिले पकिस्तानी टिमले न्यूजिल्याण्डसँग दुई वान डे र केही वार्म अप म्याच खेल्नेछ ।

Comments

comments