विद्युत प्रधिकरणले बक्यौता नतिरि अटेर गर्ने देशभरका १ हजार १ सय ५४ जना ग्राहकको विजुली लाईन काटेको छ ।

प्राधिकरण देशभर यति संख्यामा लाईन काटेको पहिलो पटक हो । प्राधिकरणले आठवटा क्षेत्रीय कार्यालय अन्तर्गत वितरण केन्द्र र शाखाबाट आईतबारदेखि लाईन काट्न सुरु गरेको हो । प्राधिकरणले एक साताब्यापि अभियान नै सञ्चालन गरी लाईन काटेर एक अर्ब ५० करोड रुपैयाँ असुल्ने योजना बनाएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवाका कार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार हिजो सोमबारसम्म काटिएका ग्राहकबाट ५१ लाख ५५ हजार रुपैयाँ असुल उपर गरेको छ ।

Comments