ब्राजिलमा जारी विश्वकप फूटबल २०१४ को महाकुम्भले सबैको ध्यान तानेको छ | जुन २५ मा भएका ४ खेलमा अर्जेन्टिनाले २ को विरुद्ध ३ गोल गर्दै नाइजेरियालाई पछि पार्न सफल बन्यो | त्यसैगरी इरान र बोस्निया हर्जगोभिना क्रमस: १-३ मा , होन्डुरस र स्विटजरल्याण्ड बिचको खेल ०-३ साथै इक्वयडर र फ्रान्स गोलरहित बराबरीमा समेटीए |
खेल सकिए लगत्तै नाइजेरियाका कोच स्टेफेन केशीले भने: “हाम्रा खेलाडीहरुले पहिलो हाल्फमा निकै आदर पुर्वक खेले | तर मध्यान्तर पछिको खेल निकै दृढता पुर्वक खेलका थिए | तैपनि अर्जेन्टिना एक महान टिम र मेस्सी महान खेलाडी हुन् जसबाट जो कोहि फुत्कन सक्दैन |” स्टेफेनले अझ थप्दै भने “मेस्सी त बृहस्पतिबाट आएका हुन् | ”
म्यान अफ द म्याचको उपाधि समेत चुमेका लियोनेल  मेस्सिले पनि भनेका छन् ” हामी एक सपनाका पछाडि कुदिरहेका छौं | नाइजेरिया संगको खेल हाम्रा लागि त्रासदीपूर्ण नै थियो | तर हामीले जित्नका लागि गरेको मेहेनेत खेरजान दिएनौं |
समुह एफमा अग्रता लिँदै अर्जेन्टिनाले आगामी खेल १ जुलाईमा स्विटजरल्याण्ड संग खेल्ने छ |

Comments

comments