मिस्रको राजधानी काहिरामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी अधिकृत समेत रहेको बताइएको छ । झपमा थुप्रै घाईते भएका छन् । हिजो मिस्र क्रान्तीको चौँथो वर्षगाँठ पुरा भएको अवसरमा प्रदर्शन भएको हो । सन् २०११ मा आफुविरुद्ध प्रदर्शन भएपछि राष्ट्रपति होस्नी मुबारकले पदबाट राजिनामा दिएका थिए ।  मिस्र क्रान्तिको चौँथो वर्षगाठको अवसरलाई मध्यनजर गर्दै थुप्रै शहरहरुमा सुरक्षा व्यबस्था कडा तुल्याइएको थियो । राजधानी काहिरको मुख्य शहरमा आवातजावतमा समेत प्रतिबन्ध लगाइएको थियो ।

गत वर्ष भएको प्रदर्शनमा पनि थुप्रै मारिएको थिए ।

Comments

comments