अष्ट्रेलियाको सिड्नीमा एसफिल्डस्थित एलिजावेथ स्ट्रीटमा रहेका दुई पसलमा शुक्रवार साँझ एकैपटक चारजना मानिसहरुले लुट्ने प्रयास गरेका छन् ।

ती व्यक्तिहरुको समूहले आमुन्ने सामुन्ने रहेका पसलमा राति ८ः४० बजेतिर लुट्ने कोसिस गरेका हुन् । तर, उनीहरु सफल हुन भने सकेनन् । एसफिल्डमा रहेको सन्नी ग्रोसरीमा पुगेका उनीहरुले चक्कु देखाएर पैसा मागेका थिए । ‘सुरुमा त मैले ठट्टा गरेको होला भन्ठाने, तर उनीहरुले चक्कु देखाएपछि मैले त्यसको प्रतिरोध गरें । यसक्रममा मलाई चोट पनि लाग्यो, मैले प्रतिरोध गरेको हुनाले उनीहरु भागीहाले’ पसले ७० वर्षीय थीयोको भनाई छ ।

ठीक यहीबेला अघिल्लोपट्टीको अर्को पसमला रहेकी एक महिलालाई पेस्तोल ताक्दै पैसा मागेका लुटेराहरुले केही चुरोटका बट्टा र खाना लिएर भागेका थिए । यी दुबै समूहका व्यक्ति एकै दिशातर्फ गएको प्रहरीले जनाएको छ । यसैकारण योजनाबद्ध रुपमा लुट्ने प्रयास भएको प्रहरीले अनुमान गरेको छ । यस सम्बन्धी कुनै जानकारी प्राप्त भएमा सूचित गर्न पनि प्रहरीले आग्रह गरेको छ । एशफिल्ड क्षेत्र धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो ।

त्यहाँ केही नेपालीहरुले चलाएका पसलहरु समेत रहेका छन् ।

Comments

comments