फिल्म दुनियाँको सर्वाधिक प्रतिष्ठित अवार्ड अस्करका लागि मनोनयनमा परेका फिल्महरुको सूची सार्वजनिक भएको छ । अवार्डको मुख्य आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्स (अस्कर) फिल्महरुको सूची सार्वजनिक गरेको हो । मनोनयन सुची निर्देशक जेजे अब्राहम, कलाकार क्रिस पाइन र अस्कर अवार्डकी प्रतिनिधी सेरिल बुन इसाक्सले सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको सूचीअनुसार ‘वर्डम्यान’ र ‘द ग्रान्ड बुडापेस्ट होटल’ सर्वाधिक ९/९ विद्यामा मनोनयनमा परेका छन । मनोननय सूची ‘द एमिटेसन गेम’ ८ विद्यामा मनोनयनमा परेको छ । ‘अमेरिकी स्पानइनर’ र ‘व्वाईहुड’ ६/६ विद्यामा मनोनयनमा परेका छन । यसैगरी ‘होपलेस’, ‘फायरफक्स’ र ‘इन्टरस्टीलर’ ५/५ विद्यामा मनोनयनमा परेका छन । सर्वोत्कृष्ट फिल्ममा ‘वर्डम्यान’, ‘द ग्राण्ड बुडापेष्ट होटल’, ‘ अमेरिकन स्नाइपर’, ब्वाईहुड’, ‘द एमिटेसन गेम’, ‘सेल्मा’, ‘हिपल्यास’ र ‘द थ्योरी अफ एभि्रथिङ भिड्नेछन ।

सर्वोत्कृष्ट अभिनेतामा ‘वर्डम्यान’बाट माइकल किटन, ‘फक्सफायर’बाट अभिनेतामा स्टीभ क्यारेल, ‘अमेरिकन स्नाइनपर’का हिरो ब्राडली कुपर, ‘इमिटेशन गेम’बाट बेनेडिक्स कम्बरवाक मनोनयनमा परेका छन । यसैगरी, ‘थ्योरी अफ एभि्रथिङ’बाट एडी रेडमेन पनि सर्वोत्कृष्ट अभिनेताका लागि प्रतिस्पर्धा गर्नेछन ।

यसैगरी सर्वोत्कृष्ट अभिनेत्रीका लागि ‘टु डेज वन नाइट’बाट मेरिओन कोटिलाई, ‘द थ्योरी अफ एभि्रथिङ’बाट फेसिलिटी जोन्स, ‘स्टिल एलिस’बाट जुलियन मुर, ‘गन गर्ल’बाट रोजामण्ड पाइक र ‘वाइल्ड’बाट विदरस्पुन प्रतिस्पर्धा गर्नेछन । यस्तै सर्वोत्कृष्ट निर्देशकमा ‘बर्डम्यान’का एलेजान्द्रो इनारिटु, ‘ब्वाईहुड’बाट रिचार्ड लिंकलेटर, ‘फक्सफायर’बाट बेनेट मिलर, ‘द ग्रान्ड बुडापेस्ट होटल’बाट वेस एन्डरसन, ‘द इमिटेसन गेम’बाट मोर्टन टिल्डमबीच भिडन्त हुनेछ । अस्कर आगामी २२ फ्रेबअरीमा वितरण हुनेछ ।

Comments

comments