संविधानका विवादित अन्र्तबस्तु र सत्तापक्षले लिन खोजेको प्रक्रियाका विषयमा विपक्षी मोर्चाले आज रणनीति बनाउने भएको छ ।

बिहान सिंहदरबारमा बोलाइएको बैठकमा हिजो अन्तिमसमयमा भएको छलफल र आजको संविधानसभा बैठकमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ ।  सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले हिजो राखेको प्रस्तावका विषयमा पनि छलफल हुनेछ ।  उहाँले शासकीय स्वरुपमा पनि आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव गर्नुभएको छ । प्रदेश संख्या ६ देखि ९ बनाउँदै भूगोल, सिमांकन र नामाङ्कनका लागि दुई महिना समय थप गर्ने प्रस्तावमा आज थप छलफल हुनेछ ।

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आजको संविधानसभा बैठक र नयाँ रणनीतिका विषयमा छलफल हुने बताउनुभयो ।

Comments

comments