वाणिज्य तथा आपुर्ती व्यवस्था विभागले व्यवसायीले ग्याँस लुकाएर राखेका कारण देशभर ग्याँस अभाव भएको बताएको छ ।

राजधानीको कमल पोखरी र विशालनगर तथा चाबहिल क्षेत्रमा व्यवसायीले ग्याँस लुकाएर राखी उपभोक्ताबाट बढी शुल्क लिन खोजेको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्दा व्यवसायीले लुकाएको र कालोबजारी गरेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि विभागले ग्याँस उद्योग, डिपो तथा बिक्री केन्द्रलाई विशेष प्राथमिकताका साथ अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भरिएका सिलिण्डरहरु लुकाएर राखेको, व्यवसाय दर्ता तथा नवीकरण नभएको, नापतौल मेसिन प्रमाणित नभएको जस्ता कैफियत भेटिएका छन् ।

Please follow and like us:

Comments