वलिउड प्रेमिका लागि खुसिको खबर । वलिउडका दुर्इ सुपरस्टार सलमान र आमिर खान एउटै चलचित्रमा देखिने भएका छन् । सलमानलार्इ सय करोड फिल्मका बादशाह मानिन्छ भने आमिलार्इ मिस्टर परफेक्टनिस्टको रूपमा चिनिन्छ ।
नब्बेको दशकमा राजकुमार सन्तोषी निर्देशित फिल्म ‘अन्दाज अपना अपना’ को सिक्वेलमा यी दुर्इ संगै देखिन लागेका हुन् । यी दुर्इ खान अभिनित ‘अन्दाज अपना अपना’ ले त्यो समय पनि राम्रो व्यापार गरेको थियो । निर्देशक सन्तोषीले भने ‘दुर्इ खानलार्इ एउटै फिल्ममा खेलाउन निक्कै गाह्रो भएको बताए तर पनि उहाँहरूले फिल्मको सिक्वेलमा खेल्ने सहमति जनाइसक्नु भएको छ’ । अमिर र सलमानले फिल्म कमेडि होस् भन्ने चाहेकाले फिल्मको स्क्रिप्ट कमेडि बनाउन काम भइरहेको कुरा सन्तोषीले जानकारी दिए ।

Comments