नाईजेरियाको ईस्लामिक संगठन बोको हारामका कार्यकताले क्यामरुनको एक गाउँमा आक्रमण गरी करिब ८० जनालाई अपहरण गरेका छन् ।

चरमपंथीहरुले सिमा नजिकैको गाँउमा प्रवेश गरी आक्रमण गरेर उनीहरुको अपहरण गरेको क्यामरुनका अधिकारीहरुले बताएको बिबिसिले जनाएको छ । आक्रमणमा कयौँ मारिएका छन् । अपहरण गरीएका अधिकांस महिला र बालबालीकाहरु रहेको बताइएको छ । जसमा ३० बयस्क र ५० जना किशोर रहेको बताइएको छ ।

Comments

comments