विश्वकपमा हिजो भएको ग्रुप ‘डी’ को खेलमा उरूग्वेले इटालीलार्इ १-० ले हराउदै समूह उपविजेताको अन्तिम सोह्रमा स्थान बनाएको छ । खेलको ८१ औं मिनेटमा उरूग्वेका डियगो गोडिने गरेको गोल नै निर्णायक हुन पुग्यो । यस अघि खेलको ५९ औं मिनेटमा इटालिका क्लाउडियो मार्चिसियोले रेड कार्ड खादै बाहिरिका थिए । बराबरी नतिजाले पनि इटालिलार्इ अर्को चरणमा पुर्याउने अवस्थामा तर उक्त रेड कार्डले दश जनामा सिमित इटाली माथी उरूग्वेले फाइदा उठायो र खेल जित्यो ।
त्यस्तै ग्रुप ‘डी’ को अर्को खेलमा कोस्टारिका र इंगल्याण्डले गोल रहित बराबरि खेले । इंगल्याण्ड पहिले नै विश्वकपबाट बाहिरी सकेको अवस्थामा कोस्टारिकालार्इ भने समूह बिजेता बनेर अर्को चरणमा पुग्ने खेल थियो । यो बराबरि पछि कोस्टारिका समुह विजेताका रूपमा प्री-क्वाटर फाइनलमा पुगेको छ ।
त्यस्तै हिजो भएको ग्रुप ‘सी’ को खेलमा कोलम्बियाले जापानलार्इ ४-१ को फराकिलो अन्तरले हराउदै सतप्रतिशत जित निकालेर समुह विजेताको रूपमा प्री-क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै त्यहि ग्रुपको अर्को खेलमा इन्जुरी समयको अन्त्यमा पाएको पेनाल्टि सदुपयोग गर्दै ग्रीसले कोटे डी आइवरलार्इ २-१ ले हराउदै अर्को चरणमा आफ्नो स्थान सुरक्षित पार्यो । बराबरी भएपनि अर्को चरणमा पुग्ने अवस्थामा रहेको कोटे डी आइवरले अन्तिम समयका खाएको गोलले निराश हुदै घर फर्कियो ।

Comments

comments