उत्तरी ईराकमा इस्लामिक स्टेटका चरमपन्थीहरुले बन्धक बनाएर राखेका सयौँ यजिदीहरुको रिहाई गरेको छ ।

चरम्पन्थीहरुले किरकुर शहरबाट  ३ सय ५० भन्दा बढीलाई रिहा गरेको बिबिसिले जनाएको छ । रिहाई गरिएकाहरुमा वृद्धवृद्धा, महिला तथा बालबालीकाहरु रहेका छन् । उनीहरुलाई गतवर्षको अगस्त महिनामा आईएस लडाकुले बन्धक बनाएका थिए । आइएसले उनीहरुलाई रिहाइ गर्नुको कारण भने खुल्न सकेको छैन ।

रिहाई पश्चात उनीहरु कुर्द अधिकारीहरुको संरक्षणमा रहेका छन् ।

Comments