मेलबर्नवासी नेपाली समुदायले निकै प्रतीक्षा गरेको म्यूजिकल शो मस्की मस्की आज आइतवार आयोजना हुँदैछ ।

चहलपहल मेलबर्नको आयोजनामा हुने मस्की मस्की शोको विशेष आकर्षणको रुपमा नेपालको चर्चित व्याण्ड माउन्ट ८८४८ रहनेछ । माउन्ट ८८४८ व्याण्डको अष्ट्रेलिया टुर अन्तर्गत मेलबर्नमा पनि आज यो कार्यक्रम हुन लागेको हो । म्यूजिक फर स्माइल नाराका साथ हुन लागेको यो कार्यक्रम थेरापी नाइटक्लबमा हुँदैछ । कार्यक्रममा नेपाली पप व्याण्ड माउन्ट ८८४८ ले आफ्नो सुपर हिट गीत मस्की मस्की सहित बुढेशकालको लाठी,रात गुजार्न लगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछ ।

कार्यक्रममा सहभागी हुन व्याण्डको सदस्यहरु शनिवार नै मेलबर्न पुगिसकेका छन् । सदस्यहरुलाई मेलबर्नमा आयोजक चहलपहलका सदस्यहरुले स्वागत गरेका थिए । यो कार्यक्रमलाई लिएर दर्शकहरुमा निकै उत्साह बढेको आयोजकको दाबी छ । कार्यक्रमको अग्रिम टिकट काट्ने र बुकिङ गर्ने दर्शकहरुको संख्या निकै राम्रो रहेको बताउँदै चहलपहलका सञ्चार निर्देशक श्रीकृष्ण सिलवालले सम्भवतः यो कार्यक्रम यो वर्षकै सर्वाधिक ठूलो र भव्य कार्यक्रम हुने बताए ।

Comments

comments