विश्कपमा आजको ग्रुप ‘र्इ’ र ग्रुप ‘एफ’ का खेल हुदैंछन् । ग्रुप ‘एफ’मा पहिलेनै प्री-क्वाटर फाइनलमा प्रवेश गरेको अर्जेन्टिनाले नाइजेरीयाको सामना गर्नेछ । अर्जेन्टिना शत प्रतिसत जित हासिल हुदै समुह विजेताको रूपमा अर्को चरण खेल्न चाहान्छ भने अर्को तर्फ नायजेरिया पनि खेल जितेर अन्तिम सोह्रमा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छ । नाइजेरियालार्इ बराबरि खेले पनि अर्को चरणमा पुग्न प्रयाप्त हुनेछ तर यो खेल जितेमा समुह विजेताको रूपमा प्री-क्वाटर फाइनलमा प्रवेश गर्ने उसको दाउ हुनेछ ।
त्यस्तै यहि समुहको अर्को खेलमा र्इरान र बोस्निया हर्जगोभिना भिड्नेछन् । बोस्नियाको यो खेल औपचारिकता मात्र हुनेछ भने र्इरानलार्इ अर्को चरणमा पुग्नेको लागि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल जितेर पनि नाइजेरया हारेको खण्डमा गोल डिफ्रेन्सका आधारमा यी दुर्इ बिच अर्को चरणमा पुग्ने टोलिको टुङ्गो लाग्नेछ ।
ग्रुप ‘र्इ’ मा रहेका इक्वेडर र फ्रान्स तथा होन्डुरस र स्विट्जरल्याण्ड एक आपसमा भिड्नेछन् । प्री-क्वाटरफाइनलमा पुगिसकेको फ्रान्सले सतप्रतिश नतिजा निकाली समुह विजेता हुने दाउमा छ भने इक्वडर यो खेल जितेर प्री-क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । त्यस्तै अर्को खेलमा स्विट्जरल्याण्ड पनि होन्डुरस विरूद्दको खेल जित्दै अन्तिम सोह्रमा प्रवेश गर्न चाहान्छ भने विश्वकपबाट बाहिरी सकेको होन्डुरसका लागि यो खेल औपचारिकता मात्र हुनेछ ।

Comments

comments