सर्वनामको आयोजनामा कलाकार मतिना मानन्धरले आज दिउँसो ३ बजे देखि सर्वनाम नाटकघरमा आफ्नो एकल प्रस्तुति भरतनाट्यम प्रस्तुत गर्ने भएकी छिन् |

के हो भरतनाट्यम ?

भरतनाट्यम सबै भन्दा  प्राचीन नृत्य मानिन्छ | यो नृत्य  देवदासिहरु द्वारा विकसित एवं प्रसारित गरिएको मानिन्छ | शुरू शुरूमा यस  नृत्यलाई  देवदासिहरुले विकसित गरेको नृत्य भएकै कारण सम्मान जनक रुपमा लिईदैनथ्यो |तर २० औं सताब्दी देखि यो  नृत्य लाई सम्मानका साथ लिने गरिन्छ | भरतनाट्यममा   नृत्य र  अभिनय दुवै एकै साथ हेर्न सकिन्छ | नृत्य संगै शरीरमा  उत्पन्न हुने  रसभाव अनि  काल्पनिक अभिव्यक्ति लाई प्रस्तुत गरिने यो कलालाई  भरतनाट्यम मा   समभंग, अभंग, त्रिभंग गरि  तीन भागमा बर्गिकरण गरिन्छ | जस अनुरुप नृत्य क्रम निर्धारण गरिएको हुन्छ | ति नृत्य क्रमलाई आलारिपू , जातीस्वरम् , शब्दम् , वर्णम, पदम र तिल्लाना गरि प्रस्तुत गरिन्छ |

भरतनाट्यम भित्रको अभूतपूर्व रोचक प्रस्तुति हेर्न भने इच्छुक तपाइँलाई सर्वनामले जुटाई दिएको यो अवसर निकै उपयुक्त हुनसक्छ |

Comments

comments