बलीउड देशी गर्ल प्रियंका चोपडाको मुल्यले यतिखेर बजार निकै तातिएको छ ।

हालै मात्र सम्पन्न एक अवार्ड शोमा प्रियंकाले ४ मिनेटको पर्फमेन्सको लागि १ दशमलब २५ करोड रुपैयाँ पारिश्रमीक लिएकी छिन् । अवार्ड शो मा भएका सबै पर्फमेन्स मध्ये प्रियंकाको पर्फमेन्स सबैभन्दा महंगो थियो । प्रियंकाको यती धेरै रकमको डिमाण्डले आयोजकको पसिनानै छुटेको थियो । तर पछि उक्त रकम दिन आयोजक राजि भयो ।
उक्त पर्फमेन्सको साथ प्रियंका सबैभन्दा धेरै पारिश्रमिक लिने हस्ती बनेकि छिन् । मिडिया रिपोटर्सका अनुसार प्रियंकाको पर्फमेन्स रेड कार्पेटबाट सुरु भएको थियो ।

पर्फमेन्सको लागि प्रियंकाको टिमले धेरै मेहेनत गरेको थियो । यसमा खास गरी थीम र स्टाईलमा विशेष ध्यान दिइएको थियो ।

Comments

comments