माघ १ गते नेपालका आदिवासी थारु समुदायले माघी पर्व धुमधामले मनाउने गर्दछन । नयाँ वर्षको स्वागतमा यस दिन विभिन्न परिकार खाने थारु परम्परा रही आएको छ । प्रस्तुत छ थारु समुदायको माघी परिकार बारेको केहि जानकारी :

घोङी :

घोङी थारुहरूको विशेष परिकार हो। शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ। पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन्। राजधानी तथा तराई क्षेत्रका थारु होटल–रेस्टुरेन्टमा घोङीको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। राजधानीमै थारु भिलेज रेस्टुरेन्ट, मोमोटारो रेस्टुरेन्टमा घोङीको स्वाद चाख्न पाइन्छ। लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ। घोङी पकाउन भने झन्झटिलो छ। घोङी ल्याइसकेपछि पछाडिको भाग काटेर फालिन्छ। त्यसपछि घोङीमा लागेको फोहर फाल्न केही बेर चलाइन्छ। सफा भइसकेपछि यसको परिकार तयार पारिन्छ।

dhikriढिक्री :

ढिक्रीलाई बग्या पनि भनिन्छ। पश्चिम थारु समुदायमा माघीमा मात्र नभएर हरेक पर्वमा यो परिकार बनाइन्छ। तर, पूर्वी तराईका थारु समुदायमा भने यो तिहारको दिनमात्र पकाइन्छ। ढिक्रीलाई देउताको पूजा गर्नसमेत प्रयोग गरिन्छ। घोङीसँगै थारु होटल–रेस्टुरेन्टमा ढिक्रीको स्वाद पनि लिन पाइन्छ। ढिक्री चामलको पिठोबाट बनाइन्छ। पहिले त पिठोलाई गिलो नगरीकन मुछिन्छ। मुछिसकेपछि यसलाई विभिन्न आकारमा बनाइन्छ। त्यसपछि भाँडामा स्टिम गरेर तयार पारिन्छ। यो परिकार पानीको बाफबाट बनाइने हुँदा शुद्ध मानिन्छ।

Crab_maghi1गंगटा र परेवाको मासु :

थारु समुदायमा गंगटाको पनि विशेष परिकार बनाइन्छ। गंगटा वर्षायाममा बढी पाइन्छ। तर, माघी मूल आयोजक कमिटीले राजधानीको महोत्सवमा यो परिकार उपलब्ध गराउने बताएको छ। गंगटा खान जति स्वादिलो हुन्छ, त्यति नै गाह्रो यसलाई समात्न पनि हुन्छ। गंगटाको जीउमा भएका दुइटा हातले चिमोट्ने हुँदा आम मानिस यसलाई समात्न डराउँछन्। हाडैहाडले बनेको गंगटाको मासुले स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ।

परेवाको मासु पनि महोत्सवमा खान पाइन्छ। केहीले यसको मासु नरुचाए पनि थारु समुदायमा परेवाको मासु प्रख्यात मानिन्छ। परेवाको झोलिलो मासुले रुघाखोकी ठीक हुने जानकारहरू बताउँछन्।

Rat-meetसुँगुर र मुसाको मासु

सँगुर र मुसा विशेषतः पश्चिमका थारुहरूले खाँदै आएका छन्। पूर्वमा संुगुरको मासु खाए पनि मुसाको मासु बिरलै खान्छन्। तर, पश्चिमका थारुहरूमा मुसाको मासु खाने प्रचलन रहँदै आएको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कैलाली सुकुम्बासी बस्तीका थारु परिवारले मुसाको मासु खुवाएका थिए। सुँगुरको मासु भने पश्चिम थारु समुदायमा प्रचलित छ।

अन्डीको झोल

अन्डीको झोललाई जाँड भन्दा पनि हुन्छ। अन्डीको भातबाट बनाइने झोललाई नै अन्डीको झोल भनिन्छ। पश्चिमको थारु समुदायमा अन्डीको झोल विशेष मानिन्छ। पर्व, भोज तथा विशेष समारोहमा अन्डीको झोल अनिवार्य रूपमा खुवाउने प्रचलन छ।

ladduलइया

लइयालाई लाई वा लड्डु पनि भनिन्छ। यो भुजा, तिल र चामलको पिठोलाई गोलो आकार दिएर बनाइन्छ। यो परिकार पुसको अन्तिम राति बनाइन्छ। त्यही भएर पूर्वतिर पुसमा बनाएर माघमा खाने भनाइ पनि रहँदै आएको छ। भुजा, तिल र सक्खर मिसाएर बनाइन्छ भने चामलको पिठोमा सक्खरसहित चिनी मिसाएर परिकार बनाइन्छ, जसलाई सठौरा भनिन्छ। यो पूर्वतिरमात्र बनाइन्छ।

Comments

comments