स्विडेन, स्वीडिश बोर्न एक्ट्रेस अनिता एकबर्ग अब यस दुनियामा छैनन । उनले ११ जनावरीका दिन रोममा अन्तिम स्वास लिएकी थिइन, उनी ८३ बर्षकी थिइन । उनी लामो समयदेखि बिरामी थिइन र उनलाइ गत क्रिसमस पछि उपचारका लागी अस्पतालमा भर्ना गरिएको थियो ।

सन १९५० देखि ६० को दशकमा ‘सेक्स गडेस’ का रूपमा आफ्नो पहिचान बनाएकी अनिता आफ्नो अन्तिम दिनमा निकै पीडामा थिइन । सात भाइ बहिनीका बिचमा हुर्किएकी उनी आफ्नो जिवनको अन्तिम दिनहरूमा एक्लै थिइन ।

अनिताको लोकप्रियताको अन्दजा यस कुराले गर्न सकिन्छ कि रोमको एउटा फाउन्टेन यस कारण चर्चामा रहेको छ कि जहाँ उनको फिल्मको एउटा सीनको शूट गरिएको थियो । उक्त फाउन्टेनको नाम ‘ट्रेवी’ हो । यो आठौं शताब्दी देखि रहेको छ, तर ‘ला डोल्च वीटा’ मा अनिताले यहाँ अभिनय गरेका कारण यो अहिले सम्म चर्चित रहेको छ ।

उक्त फेमस सीन जसले ‘ट्रेवी’ फाउन्टेनलाइ चर्चत गरेको थियो ।

Please follow and like us:

Comments