अष्ट्रेलियामा व्यापार गर्दै आएका गैर आवासिय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरूङ्गले यो वर्ष मात्रै सात करोड अस्ट्रेलियन डलर अर्थात् करिब छ अर्ब पैंतिस करोड नेपाली रूपैया बराबरको सम्पत्ति थपेका छन् ।

विजनेश रिभ्यु विक्ली (बीआरडब्लू) का अनुसार गत वर्ष दुर्इ सय पैसठ्ठि मिलियन रहेको यो दम्पत्तीको सम्पत्ति अहिले तिन सय पैतिय मिलियन अस्ट्रेलियन डलर पुगेको हो । घले दम्पत्ति अस्ट्रेलियाका धनि व्यक्तिको सूचिमा ८० औं स्थानमा पर्दछन् । शेष घलेकी श्रीमती जमुना घले भनी अस्ट्रेलियाका धनि महिलाको सूचिमा ११ औं स्थानमा पर्छिन् । घले दम्पत्तिले हाल अस्ट्रेलियामा मेलवर्न इन्टिच्युट अफ टेक्नोलोजी सञ्चालन गरीरहेको छ । बीआरडब्लूका अनुसार यो दम्पत्तिले दुर्इ वर्ष अघि मेलवर्नमा पुरतात्विक महत्वको आर्गस भवन किनेको थियो र अहिले यसलार्इ जीर्णोद्वार गरी सञ्चालको तयारी गरेको छ । यस भवनमा एमआइटीका तिन हजार भन्दा बढि विद्यार्थीले अध्ययन गर्नेछन् ।

Please follow and like us:

Comments