३० दलीय मोर्चाको बन्दका क्रममा सडकमा प्रदर्शनरत एक प्रदर्शनकारीको ज्यान गएको छ ।
बजार बन्द गराउँदै हिँडको जनकपुर नगरपालिका–२ कदम चोक निवासी एमाओवादीका कार्यकर्ता ३५ वर्षीय राजाराम झाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बन्द गराउने क्रममा प्रदर्शनमा उत्रेका उनी अचानक बेहोस भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको थियो ।  अस्पताल पुर्या‍एपछि त्यहाँका चिकित्सक उनलाई मृत घोषित गरेका थिए । यसैबीच बन्दकर्ता र प्रहरीबीच जनकपुरको भरमुरा चोकमा झडप भएको छ । झडपमा केही सामन्य घाइते भएका छन् । त्यसैगरी बन्दकर्ता र प्रहरीबीच सिरहामा पनि झडप भएको छ ।

Comments

comments