सर्वाेच्च अदालतले बाबुसँगको नाता प्रमाणित नभए पनि वंशजका आधारमा आमाका नामबाट नागरिकता दिलाउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई परमादेश दिएको छ ।

बेपत्ता भएका बाबुको नाता प्रमाणित नभएको कारण देखाएर नागरिकता नदिएको भन्दै काठमाडौं चाल्नाखेल ८ का भोला नगरकोटी र शान्ति नगरकोटीद्वारा दायर रिटमा उक्त परमादेश भएको हो । निवेदक दाजुबहिनी हुन् । यो परमादेश सबै जिल्ला प्रशासन कार्यालयका लागि बाध्यकारी हुने निवेदकका कानुन व्यवसायीले बताएका छन् । आफ्ना बाबु २०५० साल भदौदेखि बेपत्ता भएको भन्दै उनीहरूले आमाका नामबाट नागरिकता पाउन २०६९ पुस १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

Comments