आयोजक राष्ट्र ब्राजिल समूह विजेता हुँदै विश्वकपको नकआउट चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरूनलार्ए ४–१ गोल अन्तरले पाखा लगाउँदै ब्राजिल अन्तिम १६ मा स्थान पक्का गरेको हो । ब्राजिलले अन्तिम १६ मा चिलीको सामना गर्ने छ । ब्राजिलका लागि नेयमारले २ तथा फ्रनान्डिनो तथा लुइस गुस्तोभोले एक–एक गोल गरे ।

उता समूह चरणकै अर्को खेलमा नेदरल्यान्डले चिलीलार्इ ३–१ गोलले पराजित गर्दै विजेताका रूपमा १६ मा प्रवेश गरेको थियो । नकआउट चरणमा ब्राजिलले चिली र नेदरल्यान्डले मेक्सिकोको सामना गर्नेछन् ।

Comments