पाकिस्तानको कराँची शहर नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ भने थुप्रै घाईते भएका छन् ।

कराँची शहर नजिक यात्रुबहाक बस र तेल बोकेको ट्याङकर ठोक्किएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बिबिसिले जनाएको छ । प्रहरीका अनुसार तेल बोकेको ट्याङकर तीब्र गतिमा गलत दिशाबाट गुडेकाले दुर्घटना भएको हो । बसको छतमा रहेका केहि यात्रु भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । घाईते भएका केहिको अबस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Comments

comments