नेप्लीज एसोयिसन अफ भिक्टोरियाको आयोजनामा १० औं न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१५ जनवरी आइतवारदेखि शुरु भएको छ ।

टुर्नामेन्टको उद्घाटन भिक्टोरियाका कन्सुलेट चन्द्र योञ्जनले गर्नुभएको थियो । उद्घाटन योञ्जनले सबै सहभागी खेलाडीहरुलाई र आयोजकलाई सफलताको शुभकामना दिनुभएको थियो । यस्तै न्याभका उपाध्यक्षद्वय  दीपा राई र सुरेन्द्र सेढाईले टुर्नामेन्टमा भाग लिएर सफल बनाई दिएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उद्घाटन सनारोहामा बम योञ्जन लगायतले पनि सफलताको कामना गर्नुभएको थियो ।

आगामी मार्च १५ तारिखसम्म चल्ने टुर्नामेन्टमा हरेक आइतवार खेल हुनेछ । यसपटक यो टुर्नामेन्टमा ७ क्रिकेट टिमहरुले सहभागीता जनाउँदैछन् । जसमा ब्रुन्सवीक ब्लुज क्रिकेट क्लब,नेपालय क्रिकेट क्लब,इस्टर वारियर क्रिकेट क्लब,नर्रे वारेन क्रिकेट क्लब,सगरमाथा क्रिकेट क्लब सिसि,सिसिए र हिमालयन क्रिकेट क्लब रहेका छन् ।

भर्खरै मात्र इन्टर स्टेट स्पोर्टस् टुर्नामेन्टको सफलतापूर्वक सम्पन्न गरेर उत्साहित भएको मेलबर्न भिक्टोरियावासी फेरि लगत्तै हुन लागेको क्रिकेट टुर्नामेन्टस्ले खुशी भएका छन् । त्यसैले हरेक आइतवार हुने नेपाली टिमहरुको रोमाञ्चक क्रिकेट म्याच हेर्न हरेक साता कम्तीमा २०० दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ । त्यसैले विगत एक दशकदेखि निरन्तर रुपमा आयोजना गरिदै आएको न्याभ कप क्रिकेट टुर्नामेन्ट यो वर्ष अझ भव्य रहने नेप्लीज एसोयिसन अफ भिक्टोरियाको दाबी छ ।

फोटो : सोलंग्चर

Comments