ईङ्लीस प्रेमियर लिग फुटवल अन्र्तगत आज राती बिभिन्न ८ खेल हुदैछन् ।

आजको पहिलो खेलमा सण्डरल्याण्ड र लिभरपूल आमने सामने हुनेछन । स्थानीय समयअनुसार दिउँसो तीन बजे हुने खेलमा बर्नलेले र क्युपीआर, चेल्सी र न्युक्यासल ,एभर्टन र म्यानसिटी भिड्नेछन । सोही समयमा लिसेष्टर सिटी र एस्टन भिल्ला तथा स्वान्सी र वेष्ट ह्याम पनि आमनेसामने हुनेछन् । त्यस्तै वेष्ट ब्रोम र हल सिटी एवम क्रिेष्टल प्यालेस र टोटनह्याम पनि आज नै आमने सामने हुने भएका छन् ।

चेल्सी र म्यानचेष्टर सिटी आजको खेलमा जीत हात पार्दै आफुलाई अग्रस्थानमा उभ्याउने प्रयासमा मैदान उत्रने छन् । दुवै टोली २० खेलको समाप्तिमा गोल अन्तर समेत बराबरी हुदै ४६ अंकमा शीर्ष स्थानमा छन् ।

Comments