बी टाउनका क्युट कपल रनबीर कपुर र क्याट्रिना कैफले अङग्रेजी वर्ष २०१५ को स्वागत एक साथ लण्डनमा गरे ।

एक साथ न्यु ईयर मनाएसंगै उनीहरुले एक सानो फंकसनको बीच ईन्गेजमेन्ट पनि गरेका छन् । एक अंग्रेजी साईटका अनुसार रनबीर र क्याट्रिनाले ३० डिसेम्बरमा परिवार र नजिकका साथीहरुको उपस्थीतिमा ईन्गेजमेन्ट गरेका हुन् । उक्त समयमा क्याट्रिनाको सबै परिवार उपस्थीत थिए भने रनबीरका परिवार नीतु र ऋषि कपुर पनि उपस्थित थिए ।

यी दुईको जोडिले केहि समय अघि बान्द्रामा आफ्नो नयाँ घरमा सिफ्ट भएका थिए भने प्री क्रिसमस पार्टी पनि गरेका थिए । अब रनबीर र क्याट्रिना यस वर्ष विवाह बन्धनमा बाँधिन्छन् या के गर्छन भन्ने कुरा चाँहि हेर्न बाँकि नै छ ।

Comments

comments