सन् २०१५ मा अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुले आधा शुल्कमै बस सेवाको वार्षिक पास पाउँने भएका छन् ।

आइयुज पास वाहक विदेशी विद्यार्थीहरुले सबै जोनमा यात्रा गर्न मिल्ने मिकी टिकेट आधा शुल्कमा प्राप्त गर्नसक्नेछन् । मिकी पास अर्थात यो सहुलियत कार्डबाट जोन एक र दुई सहित कलेज अथवा इन्ष्टिच्यूट रहेको स्थानसम्म आधा शुल्कमा यात्रा गर्न सकिन्छ । तर यो पास प्राप्त गर्नका लागि विदेशी विद्यार्थीहरुले केही प्रक्रिया भने पूरा गर्नुपर्नेछ । सबैभन्दा पहिले त आफू अध्ययनरत शैक्षिक संस्थाले आइयुज पास प्रयोग गरिरहेको छ,छैन थाहा पाउँनुपर्नेछ । छैन भने आफ्नो शैक्षिक सँस्थालाई आइयूज पास कोड लिइदिन आग्रह गर्नुपर्नेछ । त्यही पास कोड सहुलियत दरको मिकी टिकट खरिद गर्न आवश्यक पर्दछ ।

मिकी टिकट अनलाइनबाट खरिद गर्न सकिनेछ । तर यो स्कीममा सहभागी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले मात्र यो सुविधा उपभोग गर्न पाइनेछ । यो स्कीममा हाल १८ वटा शैक्षिक संस्थाहरु मात्र आबद्ध छन् । यो आइयुज पास हाललाई परीक्षण स्वरुप तीन वर्षसम्मका लागि लागू गरिएको छ ।

Comments

comments