समूह चरणको अन्तिम खेलमा चिलिलाई २–० को गोलअन्तरले हराउँदै नेदरल्यान्ड समूह बिजेता हुँदै नक आउट चरणमा पुग्दा चिलीले उप विजेतामा चित्त बुझाएको छ । अघिल्ला दुबै खेलमा अष्ट्रेलिया तथा स्पेनलाई हराएका चिली र नेदरल्यान्डका लागि आजको खेल समूह विजेता र उपविजेताका लागि महत्वपूर्ण थियो ।
नेदरल्यान्ड समूह चरणका तीन वटै खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा पुगेको हो । यसले पहिलो खेलमा स्पेनलाई ५–१ तथा दोस्रो खलेलमा अष्ट्रेलियालाई ३–२ ले पाखा लगाएको थियो । चिलीले भने पहिले खेलमा अष्ट्रेलियालाई ३–१ तथा स्पेनलाई २–० को जित दर्ता गरेको थियो ।
उता डिफेन्डिङ च्याम्पियन स्पेनले भने समूह चरणको अन्तिम खेलमा अष्ट्रेलिया माथि ३–० को सान्तवना जित दर्ता गरेको छ । अघिल्ला दुबै खेलमा हार बेहोरेका दुबै टोली यस अगाडि नै बाहिरीएका थए ।
त्यस्तै मंगलबार बिहान हुने आयोजक राष्ट्र ब्र्राजिलले क्यामरुनको सामना गर्दै छ । ब्राजिलले क्यामरुन माथि जित हात पार्दै नकआउट चरणमा पुग्ने प्रयास गर्नेछ । यस अगाडिका दुई खेलमा पहिलोमा जित र दोस्रोमा बराबरी खेलेको ब्राजिलको ४ अंक छ । भने क्यामरुन दुबै खेलमा पराजित भएर समूहको पुच्छारमा छ । उसको कुनै पनि अंक छैन । त्यस्तै समूहको अर्को खेलमा मेक्सिको र क्रोएसियाले नकआउट चरणमा पुग्नका लागि खेल्ने छन् । मेक्सिकोको ४ अंक छ भने क्रोएसियाको ३ अंक छ ।

Please follow and like us:

Comments