एफ ए कप फुटबल अन्तर्गत गएरातीको खेलमा ए एफ सी विम्बल्डनलाई हराँउदै लिभरपुल चौथो चरणमा उक्लिएको छ ।

सिजनको समाप्तीसँगै क्लव छाड्ने घोषणा गरेका कप्तान स्टेभेन जेरार्डले दुई गोल गरेपछि लिभरपुलले विम्बल्डनलाई २ १ ले हराएको हो । खेलको १२ औं मिनेटमै जेरार्डले पहिलो  गोल गर्दै लिभरपुललाई अग्रता दिए । ३६ औं मिनेटमा अडेबायो अकिन्फेन्वाले विम्बल्डनका लागि बराबरी गोल गरेका थिए । तर दोस्रो हाफको ६२ मौं मिनेटमा जेरार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । एफए कप अन्तर्गत गएरातीको अर्को खेलमा बर्न्लेले टोटनह्याम हट्सपरलाई १ १ गोलको बराबरीमा रोकेको छ । खेलमा टोटनह्यामका नासीर चाड्लीले पहिलो गोल गरेभने बर्न्लेका स्याम भोक्सले बराबरी गोल गरेका हुन् ।

गएरातीको खेल बराबरीमा सकिएसँगै यी दुई क्लवहरुविच अब टोटनह्यामको मैदानमा पुनः खेल हुने भएको छ ।

Comments