मध्यअफ्रिकी मुलुक बुरुण्डीमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट भएको अन्तरसीमा आक्रमणमा कम्तीमा १०० विद्रोहीको मृत्यु भएको छ ।

राजधानी बुजुमबुराबाट उत्तरमा पर्ने सीमामा अज्ञात विद्रोही समूहले गरेको आक्रमण पाँच दिनसम्मको कडा सङ्घर्षपछि असफल बनाइएको अधिकारीलाई उदृत गर्र्दै विविसिले जानकारी दिएको छ । सेनाले पाँच दिनसम्म निरन्तर रूपमा कारवाही गरेको र तीमध्ये १०५ को मृत्युभएको तथा चार जनालाई हिरासतमा लिइएको बताइएको छ । अधिकारीका अनुसार सेनाले ६० एमएमको मोर्टार, पाँच रकेट प्रक्षेपक, मेसिनगन तथा १०० बन्दुक जफत गरेको छ ।
सङ्घर्षमा १२ सैनिकको मृत्यु भएको उल्लेख गरिएको छ ।

Comments