पाकिस्तानको उत्तरी वाजिरिस्तानमा अमेरिकी चालकरहित विमानले तालिवानीलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा ६ आतङ्ककारीको मृत्यु भएको छ ।
पाकिस्तान र अफगानिस्तानको सीमानजिकै उक्त आक्रमण गरिएको सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै विविसिले जानकारी दिएको छ । आल्वारा मान्दीस्थित एक परिसर र एक सवारी साधनलाई लक्ष्य गरी गरिएको दुईवटा क्षेप्यास्त्र प्रहारमा ६ आतङ्ककारीको मृत्यु भएको हो । त्यस इलाकामा सन् २००० को सुरुदेखि नै अलकायदा र तालिवानी आतङ्ककारीहरुको सञ्जालको बलियो प्रभाव रहँदै आएको छ ।

Comments