नेपाली साङ्गितिक क्षेत्रकी चर्चित गायिक अन्जू पन्त र गायक मनोज राजको दाम्पत्य जीवन मनोजले गाएक गीत ‘पानीको फोका जस्तै टुट्यो हाम्रो माया’ जस्तै गरू टुटेर गयो ।
यी दुर्इ आफ्नो जीवनबाट अलग्गीए पनि फेरी एका साथ आउने भएकाछन् गोबिन्द प्रसाद उपाध्यायको नयाँ एल्बम ‘सत्यता २’ मा । यी दुर्इले उक्त एल्बमको एउटा गीत संगै गाएक् छन् । उनीहरूकै जीवनसंग मेल खाने ‘कस्तो माया लाइयो हजूर, आँसु मात्र पाइयो हजूर’ बोलको गीतमा यी दुवै जना सुनिनेछन् । ‘अन्जू र मनोजको दाम्पत्य जीवन टुटेपनि संगीतको सक्बन्ध टुट्नु हुन्न भनेर मैले एउटा योजना बनाएँ, त्यसैको फल हो यो गीत’ भने गोबिन्द प्रसाद उपाध्यायले । संगीतकार हरि लम्सालका अनुसार एउटै गीथ गाउन सहमत भएपनि यो गित रेकर्ड गर्न अन्जू र मनोज दुर्इ छुट्टै दिनमा आएका थिए ।

Comments