संविधानका विवादित विषय टुङ्गो लगाउन प्रमुख तीन दल सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादी संविधानका प्रमुख विवादित विषय सङ्घीयतामा सहमति नजिक पुगेका हुन् । बैठकमा प्रदेशको नाम र सङ्ख्यामा तीन दल सहमति नजिक पुगे पनि सीमाङ्कनमा विवाद कायमै रहेकाले आज अपराह्न मधेसी मोर्चासहित चार दलको बैठकमा छलफल गरी यसको टुङ्गो लगाइने बताइएको छ ।

बैठकपछि कानुनमन्त्री नरहरि आचार्यले विवादित विषयलाई साँघुरो बनाउँदै लग्न तीन दलबीच सकारात्मक कुराकानी भएको बताउनुभयो । प्रदेशको नाम र सङ्ख्याका विषयमा दलहरु सहमति नजिक पुगेको र साँझसम्म चरणबद्ध छलफल गरी अन्य विषयको पनि टुङ्गो लगाइने उहाँले उल्लेख गर्नुभयो ।

सभाध्यक्षले दिएको भोलि सोमबारसम्मको समयावधिमा सहमति गर्न दलहरु आज चरणबद्ध द्विपक्षीय र बहुपक्षीय छलफलमा जुटिरहेका छन् ।

Please follow and like us:

Comments