सनी लियोनीको कारण बलीउड हट मोडल तथा नायिका राखि सावन्त अंग प्रदर्शन गर्न बाध्य भएकी छन् ।

आफुलाई यो धर्मसंकटमा पार्ने काम सनीले नै गरेको राखिले बताएकी छन् । एक अनलाईन मिडियासंग कुरा गर्दै अन्तरबार्ता दिँदै उनले यस्तो बताएकी हुन् । यहि शुक्रबार रिलिज भएको मुम्बई क्यान डान्स साला चलचित्रको बारेमा कुरा गर्दै सावन्तले सनीका कारण लक्ष्मण रेखा पार गर्नुपरेको खुलासा गरेकी हुन् । उनले भनेकी छिन् : मलाई किस गर्न परे गर्छु, एक्सपोज गर्नुपरे भरपुर रुपमा गर्छु, आजकल यहि चलेको छ, दर्शकलाई त्यही मन पर्छ जुन सनी लियोनी गर्छीन् ।

अन्तरबार्ताका क्रममा उनले भनेकि छन् : हामिलाई आफ्नो लक्ष्मण रेखा पार गर्नुपर्छ, मैले अंग प्रदर्शन गरीने भने चलचित्रमा काम गर्न आएको अवसर गुम्छ त्यसैले म बाध्य छु । सधै विवादमा आईरहंदा जिवनमा नकारात्मक असर परेकोमा उनले दुःख व्यक्त गरेकी छिन् । आमनागरीकले नै मलाई नेगेटिभ बनाए, अब मलाई आफ्नै अनुहार नराम्रो लाग्न थालिसक्यो, यो सबै विवादका कारण मलाई लाग्दैन कि कुनै पुरुष मसंग विवाह गर्छ, तर पनि मलाई यसमा कुनै दुःख छैन।

रोजी रोटिको लागि पनि यस क्षेत्रबाट अलग हुन नसक्ने उनले बताएकी छन् ।

Comments

comments