मानिसका लागि काम भन्दा ठूलो कुरा केहि होइन । छलकपटले कमाएको भन्दा पसिना चुहाएर कमाएको को सधै सम्मान हुन्छ । यस्तै सोच्छन् अमेरिकि राष्ट्रपति बाराक ओबामा पनि । कुनै समय आइक्रिम पार्लमा काम गरेको ओबामा विश्वकै शक्तिशालि देशको राष्ट्रपति बने । यीनै ओबामा र उनकी श्रीमती मिसेल ओबामाले विश्वका सामु अर्को उदाहरण पेश गरेकाछन् ।
यो दम्पतिले आफ्नो दुवै छोरीहरू शासा र मालियालार्इ न्यूनतम पारिश्रमिकमा काम गर्न सल्लाह दिएका छन् । सुख सयल भन्दा थोरै पारिश्रमकिबाट सुरू गरेको कामले मानिसलार्इ निखार्ने उनीहरूको तर्क छ । ‘हरेक सन्तानले जीवन बुझ्न र अघि बढ्न कडा परिश्रम गर्नै पर्छ’, मिसेल ओबामाले भनिन् । बाराक ओबामा पनि आफ्ना छोरीहरू साधारण काम गरून् र साधारण मान्छेले जस्तै पैसाको महत्व बुझुन् भन्ने चाहान्छन् । आफ्ना छोरीहरू बाहिर गएर काम गरून् भन्नाको निमित्त उने सहि अवसरको खोजी गरेको पनि जानकारी दिए ।

Please follow and like us:

Comments