बिहिबारदेखि भएको वर्षाका कारण एक्कासी बढेको चिसोले देशभरको जनजिवन प्रभावित भएको छ ।

वर्षासंगै परेको हिमपातले उच्च हिमाली जिल्लाको जनजिवन झन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभाव र स्थानीय रूपमा विकास भएको पानी पार्ने प्रणालीका कारण वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आजपनि काठमाडौ उपत्यका लगाएत देशको अधिकांश भागमा वर्षा भईरहेको छ । चिसो वढेको कारण नुवाकोट र रसुवाको दुई दर्जन भन्दा वढि पर्यटकिय स्थानमा हिजोदेखि नै हिमपात भएको छ ।

रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा वाक्लो हिमपात परेको र पर्यटक तथा सर्वसाधारणलाई सुरक्षित  स्थानमा जान आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए । सो हिमपात रसुवामा १० वर्ष यताकै ठुलो भएको अनुमान गरिएको छ । उच्च भेगमा पांच फिटसम्म हिउं परेको स्थानीयवासीले वताएका छन् ।

यसका साथै, नुवाकोटको पर्यटकिय ककनी, सिक्रे, सामरी, भाल्चे, काहुले, घ्याङफेदी,उर्लेनी, चिम्टेश्वर क्षेत्रमा अत्याधिक चिसो तथा तुसारो वढेको छ ।

Please follow and like us:

Comments