अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नयाँ च्याप्टरका रूपमा अनेसास पर्थ च्याप्टर गठन भएको छ । अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् । नियमित मासिक साहित्यिक भेटघाट हुँदै आएको पर्थमा अनेसासको च्याप्टर गठनले नेपाली भाषा र साहित्यमा नयाँ आयाम थप्न मद्दत पुग्ने विश्वास अध्यक्ष घिमिरेको रहेको छ ।

च्याप्टरमा धनकुमारी बरुवाल केसी (उपाध्यक्ष:), डा. सोनु यादव (सचिव) र राजेश बुढाथोकी (कोषाध्यक्ष) रहेका छन् भने दिक्पाल देव पंगेनी, कमल सिलवाल , निरज छेत्री , उज्वल केसी र अर्जुन घिमिरे सदस्य रहेका छन् । नव गठित च्याप्टरलाई स्वागत गर्दै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको बिस्तारमा अनेसासको महत्वपूर्ण भूमिका रहेको बताउदै विश्वका अन्य मुलुकमा पनि च्याप्टर गठनको प्रक्रिया अघि बढिरहेको जानकारी गराए ।

Comments

comments