बिवाह बन्धनमा बाधिएर एक बच्चाकी आमा भईसकेकी बलीउड सुन्दरी ऐश्वर्या राय बच्चन छिट्टै फिल्मी क्षेत्रमा कमब्याक हुँदैछिन् ।

कमब्याक भन्दा पहिले ऐश्वर्या न्यु लुकमा देखिएकी छिन् । उनको यो लुक हेयर प्रोडक्टले एड क्याम्पेनको लागि हो ।  एक हेयर प्रोडक्टले एडमा ऐश्वर्या सर्ट हेयरमा देखिएकी छिन् । उनले हातमा कैची लिएकी छिन् । यस प्रकारको हेयरस्टाइलमा ऐश्वर्या कहिले पनि देखिएकी थिईनन । यसको प्रमोशनको लागि ऐश्वर्याले तीन वटा फोटो सुट गराएकी छिन् ।

ऐश्वर्या संजय गुप्ताको फिल्म जज्बामा देखिने छिन् ।  छोरी आराध्या जन्माईसकेपछि ऐश्वर्या फिल्मबाट टाढा भएकी थिईन् ।

Comments

comments