सार्वजनिक यातायातमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुर्व्यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरूका लागि अब छुट्टै बस सेवा सञ्चालन हुने भएको छ ।

यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्र बस सञ्चालन गर्ने भएको हो । संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडीमध्ये चारवटा महिलाका लागि मात्रै चलाउने निर्णय गरेको छ ।

संघका अध्यक्ष भरत नेपालका अनुसार महिलाका लागिमात्र चलाइने बसका चालक हाललाई पुरुष भए पनि सहचालक केही महिला रहनेछन् । कोचाकोच बसमा पुरुषसँगै यात्रा गर्नुपर्दा महिलाले दुव्र्यवहार र कठिनाइ भोग्नु परेको भन्दै उक्त समस्याबाट महिलालाई राहत दिलाउन बस सञ्चालन गर्न लागिएको नेपालले स्पष्ट पार्नुभयो ।

Comments