अष्ट्रेलियामा रहँदै आएका नेपाली दम्पती बिजय र नानुका शाहीको पहिलो सन्तान आरोन शाही  सन् २०१५ मा  न्यु साउथ वेल्समा जन्मिएका मध्ये पहिलो शिशु भएको घोषणा गरिएको छ |परिवारमा नै पहिलो नातीका रुपमा जन्मिएका आरोन २०१५ कै पहिलो शिशु भएको थाहा पाएपछि शाही परिवार हर्ष विभोर भएको छ |

 

079627-e2a1a406-914f-11e4-a340-b276673de205

 

नयाँ बर्षको स्वागतमा संसार झुमिरेहेको बेला नव शिशुको प्रतिक्षामा अस्पतालमा भर्ना भएकी नानुकाको रेखदेखमा रहेका विजयलाइ नर्सले जुनकुनै बेला तपाईलाई मिडियाबाट फोन कल आउन सक्नेछ भन्ने सूचना दिएकी थिइन् |  सन् २०१५ को सुरुवात भएको १० मिनेट मात्र भएको थियो, सुथरल्याण्ड अस्पतालमा आरोनले धर्ति टेके |जन्मदा आरोनको तौल ३.३ किलोग्राम थियो, उनि पूर्ण स्वस्थ छन् , विजयले डेलीटेलिग्राफ सँगको कुराकानीमा भनेका छन् |

 

079547-df3338fc-914f-11e4-a340-b276673de205

 

अस्पतालमा आरोनको जन्म भए पछि आफन्त र परिवार अनि साथीहरुको बाक्लै भिड लागेको थियो | केहिदिन पछि आमा र शिशु घर फर्किन सक्ने बताइएको छ |  ( तस्विर: डेलीटेलिग्राफ)

Please follow and like us:

Comments